साहित्य परिसद नवलपरासिको ३७ औ मासिक घुम्ति शृङ्खला सम्पन्न् गरेको छ्।
कार्तिक १४ नवलपरासि साहित्य परिसद नवलपरासिले आफ्नो ३७ औ मासिक साहित्यिक घुम्ति शृङ्खला साथै पुस्तक चर्चा रचना वाचन कार्यक्रम यसै परिसदका अध्यक्ष डा श्याम प्रसाद न्यौपाने को अध्यक्षता साथै सुमन गोपाल आचार्यको बिशेश आतिथ्य मा रामग्राम ३ परासि स्थित परासि क्याम्पस मा सम्पन्न गरेको छ्।
कार्यक्रममा साहित्यलाइ नजिक बाट निल्यानु पर्ने र हरेक मानिसको अन्तर्मन बाटै साहित्यलाइ माया गर्नु पर्ने धारणा बक्ताहरुले प्रस्तुत गरेका थिए। कार्यक्रम मा रेश्मिराज पाण्डे दिनेश पाठक निर्भिक दिर्गनाथ गौतम जनक पान्डेय प्रेमिल रामहरि अधिकारि सुस्मिता खड्का मुना वलि लगाएतले आफ्नो रचना वाचन गर्नु भएको थियो भने राजकुमार श्रेस्ठ शुसिल कुमार श्रेस्ठ, अनि गोबर्धन तिवरिले सागीतिक प्रस्तुति गजल गायन गर्नु भएको थियो।
कार्यक्रमकै बिचमा साहित्यपरिसद नवलपरासिको रिक्त सचिव पदमा भने यमजित मल्ललाइ सर्बसम्मत निर्वाचित गरिएको थियो। भने साहित्य परिसद्को कार्यक्रम लाइ अझै ससक्त रुपमा अगाडि बढाउने हेतुले सागितिक विभागमा सुसिल कुमार श्रेस्ठको सम्योजकत्वमा तिन सदस्यिय कार्यसमिति गठन गरियो।
आगामि ३८ औ शृङ्खला भने सुनवल १३ स्थित मोतिलाल बहुमुखि क्याम्पसमा गर्ने निर्यण भएको छ ।कार्यक्रमको सन्चालन निवर्तमान सचिव यमजित मल्लले गर्नु भएको थियो।
