क्रान्तिको तयारी भइरहेको छ, छिटटै हतियार उठाउँछौंः गजुरेल




पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टीले छिटटै नै हतियार उठाउने बताएका छन् ।
पार्टीको ४ नम्बर प्रदेशको आजदेखि पोखरामा शुरु भएको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता गजुरेलले पार्टीभित्र क्रान्तिको तयारी भइरहेको बताए । क्रान्ति भनेको आजको आजै हुदैन, गजुरेलले भने, दश वर्षे जनयुद्ध शुरु गर्नु भन्दाअघि दश वर्ष तयारीमा लागेको थियो । त्यसैको तयारीमा हामी लगिरेहका छौं ।


क्रान्तिपछि प्रतिक्रान्ति भएकै बेलामा फेरि क्रान्ति शुरु गरिहाल्न नसकिने स्पष्ट गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य गजुरेलले अहिले तीब्र र घनिभूत रुपमा तयारी गरिरहेको बताए । विगतमा निर्माण भएका सेना तथा सत्ता प्रचण्डले एउटै सहमतिले विघटन गरेको उल्लेख गर्दै गजुरेलले उनीहरुसँग विचारसमेत नभएको आरोप लगाए ।




राष्टियतामा एक कदम अगाडि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका नेता गजुरेलले राष्टियताको मुददामा आफनो पार्टी तथा मोर्चा एक कदम अगाडि रहेको पनि दाबी गरे ।
भारतले बनाएको नक्कली नक्सा आफ्नो संगठनको अगुवाईमा एक वर्षअघि नै सरकारी कार्यालयबाट हटाउन लगाएको उनले बताए । भारतले नेपाली भूमि समेटेर नक्सा तयार गरेको विरोधमा आफनो पार्टीले मेची महाकाली अभियान नै संचालन गरेको पनि गजुरेलले स्पष्ट गरे ।
आफूहरुले अभियान चलाएको एक वर्षपछि जनताले भारतीय रबैयाको बारेमा बुझेको भन्दै उनले खुशी ब्यक्त गरे ।



सम्बन्धित
Loading...