फरार सात थुनुवामध्ये तीनजना पक्राउ


इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।



खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए। फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

फरार रहेका अन्य चार थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। थुनुवा फरार भएको घटना छानविन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोलीसमेत गठन गरिएको छ।

 



सम्बन्धित
Loading...