परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता

पश्चिम नवलपरासीमा घरेलु हिंसाका १ सय ७९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार १ सय ७९ वटा गत आर्थिक बर्षमा घरेलु हिंसाका मुद्दा दर्ता भएका हुन् । ति मध्ये ६ वटा घटना जिल्ला प्रहरीको महिला सेलमै मिलापत्र गर्न नसकी अदालत गएका छन् भने बाँकी १ सय ७३ वटा घटना महिला सेलमै मिलापत्र गरिएको छ।
त्यसैगरी ५३ जना महिला पश्चिम नवलपरासीमा एक बर्षमा हराएका छन् । त्यस्तै १६ जना बालिका र ६ जना बालक वेपत्ता भएका छन् । पूर्वी नवलपरासीमा हराएका मध्ये आधाआधा फेला पर्न नसकेको तथ्यांक रहे पनि पश्चिम नवलपरासीमा भने सबै फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ ।