नवलपुरका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम




कावासोती । पूर्वी नवलपरासीका उद्योगी तथा व्यवसायीहरुलाई नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने लेखा तथा कर शिक्षा तालिम प्रदान गरिएको छ ।
शुक्रबारबाट शुरु भएको तालिम शनिबार सकिने छ । तालिमको कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरेकी थिइन् । तालिममा नवलपुर उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा भएको तालिममा राजश्व अनुसन्धान अधिकृत सुसिल पनेरु, लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कावासोती नगरपालिकाको संयोजन र राजश्व अनुसन्धान विभाग बुटवलको सहकार्यमा भएको हो ।



सम्बन्धित
Loading...