सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्नेः अध्यक्ष रेग्मी


राम अवतार चौधरी



कपिलवस्तु। विभिन्न कारणले भूमिहीन भएका सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले बताए । कपिलवस्तुको भेलाइमा शनिबार आयोजित अखिल निकट सुकुम्बासी प्रथम राष्ट्रिय भेला कार्यक्रममा रेग्मीले यस्तो बताएका हुन् ।
गरिबी, बेरोजगरी, अशिक्षाको कारण सानो प्रोलोभनमा पार्ने, ठुला दलले झुक्काउँदै आएको र जब सम्म सचेत र संगठित भई आवाज बुलन्द गरिँदैन तब सम्म माग पूरा हुँदैन । उनले भने समाजवादी व्यवस्थाले मात्र भूमिलाई राष्ट्रियकरण गर्न सक्दछ । अहिलेको मुद्दा भूमि नभएकालाई ऐलानी जमिन वर्षौं देखि बस्दै आएकालाई भूमि तथा लालपूर्जा दिलाउन पहल गर्ने रेग्मीले बताए ।
यसैबीच जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल वहादुर बिक, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य केर सिंह अदै, अखिल नेपाल किसान महासंघका केन्द्रीय सल्लाहकार गणेश गौतम, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नर बहादुर घर्ती, अखिल छैठौं ५ नं। प्रदेश सदस्य रिसब आचार्य, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य ज्ञान वहादुर चौधरी लगायतले कार्यक्रममा बोल्दै भेलाले सही नीति तथा कार्यक्रम बनाएर सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
अगामी दिनहरुमा जिल्ला जिल्लामा कमिटी गठन गरेर अगाडी बढ्ने समेत सो भेलाले निर्णय गरेको छ । साथै स्थायी बसोबास गर्ने देखि लिएर वर्षौं देखि बसोबास गर्दै आएको भूमिको लालपूर्जा दिलाउन सरकारलाई दबाब दिने उद्देश्यले सो राष्ट्रिय भेला आयोजन गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी प्रथम राष्ट्रिय भेलाले सल्लाहकार सहित १५ सदस्य नेकपा मसाल निकट सुकुम्बासी मोर्चा केन्द्रिय समिति गठन गरेको छ । जसको तुलसी राम सापकोटा अध्यक्ष, उत्तम खरेल उपाध्यक्ष, हनुमान चौधरी महा–सचिव, डम्मर केसी कोषाध्यक्ष, सदस्यहरुमा तिलक परिवार, देवेन्द्र केवट, दल बहादुर घर्ति, हरी केसी, टेक बहादुर मल्ल, लाल बहादुर बुढा र एक जना वैकल्पिकमा मनोनयन गर्ने गरी रिक्त रहेको छ ।
यसैगरी सल्लाहकारमा प्रेम नारायण आचार्य, टंक प्रसाद शर्मा, शिव पौडेल र दिल बहादुर बिक रहेका छन् । उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । र तराईका १३ जिल्लाका सुकुम्बासी लगायतको सहभागिता, शिव पौडेल स्वागत र कृष्ण केसीको सञ्चलान भएको थियो ।



सम्बन्धित
Loading...