राजदूतको ह्वीस्की उपहारले विवाद !
नेताहरुसँगको भेटलाई त प्राथमिकता राखेकी छन् नै विकास निर्माणका परियोजनालाई ध्यान दिन पनि भ्याउछिन् । चिनियाँ सहयोगका परियोजना अनुगमनमा बेलामौकामा पुग्छिन् र सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्रीलाई बताउँछिन् ।
अनि कम्पनीले भोगेका समस्या सल्टाउन मन्त्रालयसँग समन्वय गर्छिन् । तर, अहिले कारणले चर्चामा छिन् । त्यो मुख्य कारण श्रममन्त्री रामेश्वर राय यादवलाई भेट प्रकरण हो ।
नवनियुक्त मन्त्री यादवलाई भेट्न मन्त्रालयमा पुगेकी राजदूत महामहिम छिले ब्ल्याक लेबलका दुई बोतल लिएर पुगेको चर्चा छ । नेपालीको हिन्दू संस्कारमा रक्सी कोसेली लैजाने प्रचलन हुँदैन । नेपालका जनजाति समुदायमा भने प्रचलनमा छ ।
सायद त्यही सिकेर हुनसक्छ छि मन्त्री यादवलाई भेट्न मन्त्रालय पुगेको दिनदेखि विवादमा आइन् ।
रक्सीको बोतल मन्त्रीलाई हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि मन्त्री स्वयम् पनि लज्जित भएको जानकारी हुन आएको छ । मन्त्री यादवले पनि फोटो कसले खिच्यो र फेसबुकमा पुर्यायो भन्नेमा अलमनमा छन् ।
