भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्व सम्मेलनमा थकाली सहभागी


भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वब्यापी संगठनको कतारको दोहामा आयोजित सातौं विश्व सम्मेलनमा नेपालका तर्फबाट कांग्रेस नेता तथा पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागी भएका छन् ।



सम्मेलनमा विभिन्न राष्ट्रहरुले भ्रष्टाचारविरुद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने भएको सम्मेलनमा सहभागी थकालीले जानकारी गराए ।

नेता थकाली सो संगठनको बोर्ड सदस्यका रुपमा सम्मेलनमा सहभागी भएका हुन् ।




उनकाअनुसार सम्मेलनमा सहभागी सदस्यहरुले आ–आफ्नो देशले अबलम्बन गरेका भ्रष्टाचारविरुद्धका नीति कानुन तथा कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नुका साथै अनुभव आदानप्रदान हुनेछ ।

विश्वभरका ६२ राष्ट्रका प्रतिनिधि सहभागी दुई दिने सम्मेलन आज सम्पन्न हुँदैछ । सम्मेलनमा नेपालको तर्फबाट भ्रष्टाचारविरुद्धको अभियानमा लागेका केदार खड्काको पनि सहभागी छ ।



सम्बन्धित
Loading...