हुम्लामा टिपर दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते


हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।हुम्लाको उत्तरी हिल्सा नाकाबाट याल्वाङतर्फ आउँदै गरेको बा ५ खा ५३४४ टिपर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय हुम्लाले दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । प्रहरीका अनुसार सञ्चारले राम्रो काम नगरेकाले घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।



सम्बन्धित
Loading...