भर्खरैः कावासोतीमा चोरी, विस्तृत वितरण आउन बाँकी


कावासोती । पूर्वी नवलपरासीको कावासोती ८, जनजागरण टोलमा केही बेर अघि चोरी भएको छ ।



करिब ४ जनाको समूहमा आएका टोलीले माया न्यौपानेको घरबाट चोरी गरेको प्रत्यक्षदर्शी सागर लुइटेलले बताए ।

उनीहरुले घरमा तोडफोड गरी केही गरगहना र समानहरू चोरेर लगेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ । घरमा कोही नभएको बेला चोरी भएकोले घरधनी आएपछि मात्र चोरीको एकिन विवरण आउने नवलपुर प्रहरीले जनाएको छ ।






सम्बन्धित
Loading...