चितवन मेडिकल कलेजले सबै संकायको शुल्क समायोजन गर्ने




चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । मेडिकल कलेज प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित शनिबार विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको जनाएको छ ।
मेडिकल कलेजहरुले मनपरि शुल्क असुल्ने गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि मंसिर १० गते सरकार र मेडिकल सञ्चालकबीच दुई बुँदे सहमति भएको थियो ।
सो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा राखेका छन् ।



सम्बन्धित
Loading...