दक्षिण काेरियामा नवलपुरका युवाले गरे नेपाल भ्रमण बर्षकाे प्रचार – फाेटाे फिचर
नवलपुर समाज, दक्षिण काेरियाले भ्रमण वर्ष २०२० सफल बनाउन र्याली तथा प्रचार कार्यक्रम गरेकाे छ ।
दक्षिण कोरियाकाे राजधानी सउलको तोङ्देमुन स्थित पार्कमा १२ बजे देखि ३ बजे सम्म नेपाली झण्डा र पर्यटन वर्षको लोगो सहित कार्यक्रम गरेकाे नवलपुर समाजका सदस्य रेशम काफ्लेले बताएका छन् ।
कोरियनहरूले चासोका साथ हेरेका उक्त कार्यक्रम नवलपुर समाज दक्षिण काेरियाका अध्यक्ष हेम पाठककाे नेतृत्वमा भएकाे थियाे ।









