नवलपुरमा नदीजन्य वस्तुको दोहन नियन्त्रणका लागि सशस्त्र प्रहरीले बढायो सक्रियता




कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती आसपासको क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी तथा दोहन बढेपछि शसस्त्र प्रहरीले त्यसलाई रोक्न सक्रियता बढाएको छ ।
आइतबार मात्रै कावासोती ३ को केरुङ्गे खोला चोरी गरी नदीजन्य वस्तु निकासी गरिरहेको अवस्थामा
कावासोती ३ केरुङखोलाबाट लु ३ ख ४९३८ नम्बरको ट्याक्र नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भैसाखोरीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो ।


त्यसैगरी पछिल्लो सातादिन भित्र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भैसाखोरी नवलपरासीले केरुङ्गे खोलाबाटै ३ वटा टिप्पर र ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ना ५ त ७३४२, लु ४ त २५८ र लु ३ त ९३४५ ट्याक्टर र ना ८ ख ५६३३, लु ३ ख ३६७४ र ना ८ ख ४०८५ नम्बरको टिप्पर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
ति ट्याक्टर र टिप्परलाई कावासोती नगरपालिकाबाट प्रति ट्याक्टर १५ हजार रुपैयाँ र प्रति टिप्पर २५ हजार जरिवाना लिई छाडिएको छ । एउटै टिप्पर वा ट्याक्टर पटक पटक पक्राउ परे जरिवाना रकम बढाउँदै जाने प्रावधान रहेपनि पहिलो पटकको जरिवाना रकम काट्ने र पछिल्लो पटक पटके कारवाही अन्तरगत नगरी पहिलो पटककै जरिवाना लगाउने गरेका कारण पनि अवैध रुपमा नदी जन्य वस्तुको चोरी निकासी बढेको छ ।
त्यसैगरी केही साता अगाडि सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भैसाखोरीले दुम्किबासबाट पनि एउटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
ट्याक्टर व्यवसायीहरुले नेपाल प्रहरी र बनका कर्मचारीहरुलाई मासिक रुपमा हप्ता बुझाउने गरेका कारण नेपाल प्रहरी र वनका कर्मचारीले भने यस्ता घटनाहरु देखेपनि नदेखे जस्तो गर्ने गरेको बताइएको छ ।






सम्बन्धित
Loading...