पार्टीले कारवाही गर्ने तयारीमा रहेकोलाई नै नेतृत्व दिएपछि ….

नवलपुर । सत्तासिन दल नेकपाको प्रत्रकार संगठन, प्रेस संगठन नवलपुरमा व्यापक असन्तुष्टि बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता पछि प्रेस चौतारी र प्रेस सेन्टरबीच भएको एकतामा नवलपुरमा प्रेस संगठन नवलपुरका अध्यक्ष माओवादी निकट पूर्व प्रेस सेन्टरले पाएको थियो ।
सोही एकता अन्तरगत नवलपुरमा नेतृत्व चयन प्रति असन्तुष्टि बढेर गएको छ । प्रेस संगठन नवलपुरको अध्यक्षमा यस अघि प्रेस सेन्टर नवलपुरका अध्यक्ष पदमा रहँदा राजिनामा दिइसकेका र पार्टीबाट विचलन भएर नेपाली काँग्रेसमा प्रवेश गर्ने खोजेको भन्दै पार्टीले कारवाही गर्न खोजेकोलाई अध्यक्षको जिम्मा दिएपनि असन्तुष्टि बढेर गएको हो ।
पूर्व नेकपा एमाले निकट प्रेस चौतारीका केही सदस्यले सहित पूर्व माओवादी केन्द्र निकट पूर्व प्रेस सेन्टर नवलपुरका कार्यावाहक अध्यक्ष अर्जुन अविरल सहितका अधिकांशले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले नेतृत्व चयन ठिक नभएको भन्दै जिल्ला पार्टीलाई जानकारी गराएको र तत्काल सुनुवाई नभएर राजिनामा दिनेसम्मको तयारी भएको अर्जुन अविरलले बताए । उनले भने – ‘हिजो संगठनलाई धोका दिएका र संगठनले करबाही गर्न खोजेका व्यक्ति संयोजक भएका छन् , यो सबै साथीहरु माथी अन्याय हो ।’ उनले नेताहरुले व्यक्तिगत स्वार्थका कारण यस्तो निर्णय गरेको आरोप लगाए ।
नेतृत्व चयन प्रति असन्तुष्टि जनाउँदै सामाजिक सन्जालमा घुमाउरो शैलीमा प्रेस संगठनका नेताहरुले असन्तुष्टि पोखेका छन् ।
नवलपुरमा प्रेस संगठनको संयोजकको जिम्मा पूर्व प्रेस सेन्टरले पाउने भएपनि प्रेस संगठन नवलपुरका अध्यक्ष अर्जुन अविरल हुने चर्चा थियो । पार्टीका केही आधिकारिक व्यक्ति र पार्टीका कार्यकर्ताहरुले अर्जुन अविरललाई सातादिन अघि नै बधाई समेत दिएका थिए ।
प्रेस संगठन नवलपुरको संयोजकमा अहिले प्रेस सेन्टर नवलपुरका पूर्व अध्यक्ष तथा अध्यक्षबाट राजिनामा दिएका लक्ष्मी पंगेनीलाई जिम्मा दिएको छ ।
त्यसैगरी सहसंयोजकमा प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनीलाई बनाएको छ ।
प्रेस चौतारी नवलपुरका उपाध्यक्ष एवम् प्रेस संगठन नवलपुरका हालका सदस्य सालिकराम कोइरालाले दाउन्नेसँग भने – नेतृत्वलाई स्वीकारेर जाने कुरा हो ।
प्रेस संगठनका केन्द्रीय सदस्य दिपक भट्टराईले एकतको कार्यविधि अनुसारनै नवलपुर जिल्ला समिति बनेको बताए ।
प्रेस संगठन नवलपुरको सदस्यहरुमा शालिकराम कोइलराला, सागर पोख्रेल, भविश्वर पाण्डे, दयाराम आचार्य, पूर्णप्रसाद खराल, तीर्थराज डुम्रे, समर रानाभाट, दीपेन्द्र थापा मगर, असिफ गुरुङ, रेमु थापा, ज्ञानु पंगेनी, तुलसी खनाल, भूमि पौडेल, अर्जुन लुइटेल, अर्जुन कँडेल, सुनिता गौतम, राजेश सुनाम, रञ्जु पाण्डे र शालिकराम भट्टराई सहितको २१ सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ ।