नवलपरासीको ईन्दिरा सुगरमिलमा अनिश्चित तालाबन्दी
- सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलमा स्थानिया द्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १४ करोड बाकी रहेको बिरोधमा ताला बन्दी गरिएको उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो।
समयमा भुक्तानी नपाउदाँ उखु किसानहरु निकै समस्या भोग्न परेको हुदाँ मिल संचालकलाई पटक-पटक आग्रह गरिएतापनि मिलले बाकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ ।
किसानहरुको बाकी भुक्तानी असार मसान्त भित्र गर्न प्रमुख जिला अधिकारीको रोहबरमा लिखीत निर्णय भएपनि अहिले सम्म किसानहरुको भुक्तानी नपाउदा मिलको लेखाशाखा,प्रशासन कक्ष, मुख्य गेट ताला बन्दी गरिएको यादवले बताए । साथै सोही मिलको मातहतमा संचालन रहेको बेलाटारी स्थित पावर फेक्ट्री समेत ताला बन्दी गरिएको छ।
नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा नगदे बालीको उखुमा आधारीत हजारौ किसानहरु समयमै भुक्तानी नपाउदाँ समस्या भोग्दै आएका छन । साथै बाकी भुक्तानी सिघ्र गर्न गराऊनको लागी रघुबर कोईरीको अध्यक्षतामा १५ सदस्यीय सघर्ष समिती गठन गरिएको छ ।
