ज्ञानेन्द्र बने पीपीएलमा शतक हान्ने पहिलो खेलाडी, धनगढीलाई १ सय ८६ रनको विशाल लक्ष्य

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । योसँगै पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी बनेका छन् ।
काठमाडौं गोल्डेन वारियर्सका कप्तानसमेत रहेका मल्लले पोखरा धनगढी ब्लुजविरुद्ध शतक प्रहार गरेका हुन् ।
मल्ल पीपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । शतक प्रहार गर्ने क्रममा उनले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरे ।
यसअघि पोखरा पल्टनकाका कुशल भुर्तेलले र चितवन राइनोजका बाबर हायातले अर्धशतक प्रहार गरेका थिए ।