लाइसेन्सको ट्रायल दिने दुई ‘नक्कली परीक्षार्थी’ पक्राउ




सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका–७ भई काठमाडौंको चाबहिलमा बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोट महावै गाउँपालिका–५ घर भई काठमाडौं सुकेधारा बस्‍ने ३० वर्षीय दीपक शाही रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्‍ठले बताए।

चन्द्रागिरी नगरपालिका गुर्जुधारास्थित भेईकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा नक्कली कागजात बनाएर अर्कै व्यक्तिको नाममा ट्रायल दिइरहेका उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ल्यापटप, प्रिन्टर, नक्कली नागरिकता कार्ड तथा सवारी चालक अनुमति पत्र लिँदा चाहिने नक्कली सरकारी कागजात बरामद गरिएको छ।



सम्बन्धित
Loading...