प्रशासकीय अधिकृत कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ


रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुकी केसीमाथि आक्रमण भएको हो । वडाध्यक्ष विक नेतृत्वको युवाहरुले आक्रमण गर्दा केसीको टाउकोमा ५ वटा टाका लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।



कार्यालयको काम सकेर आफ्नो निवासतर्फ जाँदै गर्दा नगरपालिका ९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रम भएको उनले बताए ।

वडाध्यक्ष विकसहित उनका भाइ गोपाल विकलगायतका युवाले आक्रमण गरेको डीएसपी खड्काले जनाए । वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेपनि गोपाल फरार भएकाले खोजी भइरहेको बताइएको छ ।



सम्बन्धित
Loading...