सरावलमा १० करोडको लगानीमा पक्की सडक बन्ने
नवलपरासीको सरावल गाउँपालिकामा १० करोडको लगानीमा आधुनिक पक्की सडक निर्माण हुने भएको छ । सडक निर्माढाका लागि त्रिवर्षीय योजना अनुसार प्रदेश ५ को प्रदेश सरकारले बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
भीमटाँडी – श्रीनगर – सरावल – महेशपुर खण्ड जोड्ने सडक निर्माण हुने चौधरीले बताए ।
संघीय सरकारको ५ करोड र सरावल गाउँपालिकाको पाँच करोड गरी १० करोडको लगानीमा सडकको दायाँवायाँ हरित मार्ग गराउने गरी वृक्षारोपण सहित सडक निर्माण गरिने भएको चौधरीले बताए ।