डायलाइसिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा




प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर सेन्टरमा भर्ना भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको हो । उनलाइ आजै अस्पतालबाट फिर्ता ल्याइनेछ ।




मिर्गौलाको आवस्यक मात्रामा काम नगरेपछि उनको अस्पतालमा नियमति डायलायसिस भइरहेको छ । यसअघि उनलाई एपेन्डिसाइट भएको थियो ।
ओलीको गत १३ कात्तिकबाट नियमित डायलासिस गरिदै आएको छ ।



सम्बन्धित
Loading...