राहत शिक्षकको अन्तरक्रिया




कावासोती । नेपाल राहत शिक्षक समिति (नवलपरसी बर्दघाट सुस्ता पूर्व) नवलपुरको आयोजनामा राहत शिक्षकको स्थायी व्यवस्थापन तथा पेसागत सुनिश्चितताको लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
राहत शिक्षक समिति नवलपुरका अध्यक्ष पुरुषोतम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासघका केन्द्रीय उपाध्यक्ष बिक्रम झाले राहत शिक्षकले समग्र शिक्षाको गुणस्तर बढाउन पु¥याएको योगदानको सरकारले उच्च मुल्यांकन गर्नु पनेमा जोड दिए ।
उनले सरकारले प्रकृया पु¥याएर राहत शिक्षकको तत्काल मागहरु पूरा गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रमम महासघका केन्द्रिय सदस्य नारायण अर्यालले सरकारले नियमावली परिबर्तन गरेर भएपनि राहत शिक्षकका माग पूरा गर्नु पर्ने बताए ।
कार्यक्रममा शिक्षक महासघका जिल्ला अध्यक्ष मोहन कलवार जिल्ला सचिव कृष्णराज सिग्देल नेपाल शिक्षक सघका जिल्ला अध्यक्ष चुडामणि शर्मा नेपाल, राष्ट्रिय शिक्षक सगठनका दिपक घिमिरे लगायतका शिक्षकका नेताहरु उपस्थिति रहेको थियो ।
कार्यक्रममा राहत शिक्षकको माग जायज रहेको र माग पूरा गराउनको लागि जस्तो सुकै अवस्थामा पनि आफूहरुको सहयोग रहने बताएका छन् । उपस्थित राहत शिक्षकहरुले सरकारले आफ्नो मागलाई ध्यान नदिएको कारण आफूहरु अब वारपारको आन्दोलनको तयारी गरेको राहत शिक्षक नवलपुरका सचिब बिक्रम सिग्देलले बताए ।



सम्बन्धित
Loading...