नर्मदेश्वर शिवालय मन्दिरमा पुन लेखनाथ अध्यक्ष




कावासोती । कावासोतीमा रहेको नर्मदेश्वर शिवालय मन्दिरको अधिवेशनले लेखनाथ बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
बस्याल यस अघि पनि शिवालय मन्दिरका अध्यक्ष थिए । मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा काशीराम काफ्ले, सचिवमा शशिधर चापागाई, कोषाध्यक्षमा श्याम सुन्दर भण्डारी, सहसचिवमा गुणखर काफ्लेलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा यज्ञप्रसाद भुसाल, कमलकान्त पौडेल, लक्ष्मी गैरे र शान्ति न्यौपाने चयन भएका छन् ।



सम्बन्धित
Loading...