अरुणखोलामा नेवाः खाना महोत्सव (फोटो फिचर)


  • रामकुमार श्रेष्ठ  –


अरुणखोला (नवलपरासी) । सोमबारदेखि पूर्वी नवलपरासीको अरुणखोलामा शुरु हुने महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको सहरी विकास मन्त्री रामविर मानन्धरले गर्ने भएका छन् । महोत्सवका संरक्षक हरि श्रेष्ठका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहने छन् । महोत्सव अवधि भर नेवार समुदायको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरु लाखे नाँच, कुमारी नाँच, मञ्जुश्री नाँच, लाठी नाँच, घोडा नाँच देखिइने छ ।
महोत्सवका लागि नवलपुर जिल्ला भरीका नेवारी गुठीहरु सक्रिय रुपमा लागिरहेका छन् । महोत्सवमा नेवारका खाना स्टलका साथै विभिन्न जनजाति र जातजातिहरुको खानाका स्टलहरु पनि रहने छन् भने हरेक दिन पालो गरेर ब्राम्हणहरुदेखि विभिन्न जनजाति तथा जातिहरुको आआफ्नो संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतीहरु ह्ुने छैन । महोत्सवको उद्घाटनको दिन सोमबार झाँकी समेत निकालिने छ ।
महोत्सवमा कृषि, व्यापार, लगायतका एक सय ५० वटा स्टलहरु रहने छन् । त्यसैगरी नेपालको संस्कृति झल्कने नेवारी पुस्तकालयका साथै नेवारको छुट्टै स्टल पनि रहने छ । मध्यविन्दु सास्कृतिक तथा नेवा खाना महोत्सव मध्यविन्दु नगरपालिका ११ अरुणखोला पुल मुनी खोला किनारमा लाग्ने छ । महोत्सव नेवाः देय् दवु नवलपुरको आयोजनामा हुन लागेको हो । महोत्सवको उद्घाटनका दिन नवलपुरका नेवार समुदायले नेवारी पोशाकमा झाँकी प्रस्तुत गर्ने छ । महोत्सवमा राष्टिूय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ। महोत्सव पुस ७ गतेदेखि १७ गतेसम्म ११ दिन चल्ने छ ।

 




 

 

तस्वीरहरुः शोभा जिसी/पार्वती पाण्डे



सम्बन्धित
Loading...