शिक्षालाई समय अनुकूल परिवर्तन गर्नुपर्नेमा शिक्षा मन्त्रीको जोड

नवलपुर । शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले नेपालको शिक्षालाई समय अनुकूल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरले बुधबार कावासोतीमा आयोजना गरेको जिल्ला स्तरीय प्रधानाध्यापकहरुको बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले देशको विकासका लागि शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले शिक्षालाई समय अनुकुल परिवर्तन गर्नु पर्ने बताए ।
उनले ‘शिक्षालाई श्रम, प्रविधि र सिप सँग जोड्नु पर्नै बताउदै सिपलाई उत्पादनमा बदल्नुपर्छ , तब मात्र समृद्ध समाजको निर्माण हुनेमा जोड दिए । मन्त्री पोख्रलले विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएकाले विद्यालयमा कार्यरत शिक्षकलाई गम्भीर बन्न आग्रह गरे ।
मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका अध्यक्ष कृष्णचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रतिनिधि सभा सदस्य तिलक महत, शिक्षकका पेसागत संघसंगठन, प्याब्सन, एन प्याबसनका नेतृत्व लगायत जिल्लाका सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।