भोलि खण्डग्रास सूर्यग्रहण, कुन राशीलाई कस्तो ?
भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । भोलि बिहान ८ बजेर ४३ मिनेटदेखि सूर्यग्रहण सुरु हुनेछ । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण देखिनेछ ।
काठमाडौं र महेन्द्रनगरबाट ३९ प्रतिशत तथा भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण देखिनेछ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयबाट टेलिस्कोपको सहायताद्वारा सूर्यग्रहणको अवलोकन प्रत्यक्ष रूपमा सर्वसाधारणलाई गराइने व्यवस्था मिलाएको छ ।
नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने छ । बिरल छायाँ सूर्य ग्रहण लाग्दा सुरुमा परेको छायाँ हो र यसलाई सामान्य रूपमा देखिँदैन ।
सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर कदापि अवलोकन गर्दा आँखा सधैंका लागि बिग्रिने खतरा हुन्छ ।