स्कूल चोर देवचुली तिर सर्यो, जनज्योति विद्यालयमा चोरी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको जनज्योति आधारभूत विद्यालयमा गएराति चोरी भएको छ ।
विद्यालयको ढोका फोडी एक थान टेलिभिजन र एक थान कम्प्युटर चोरी भएको विद्यालय प्रशासनले जनाएको छ ।
विहान पख विद्यालयमा कार्यालय सहयोगी आएर हेर्दा चोरी भएको थाहा भएको हो । यस अघि कावासोती नगरपालिकामा विद्यालय चोरीका घटनाले कावासोतीमा त्रास छाएको थियो । विद्यालयहरुमा एउटै शैलीमा कम्प्युटर, ल्यापटप, टिभी, फोटोकपी मेसिन लगायतका चोरीका घटना बढेको छ । चोर देवचुली नगरपालिका तिर पनि पल्किएपछि देवचुली नगरपालिकामा पनि शिक्षा क्षेत्रमा त्रास छाएको छ ।