देजमो प्रदेश अध्यक्षमा रानाभाट

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ को अध्यक्षमा नेत्र रानाभाट चयन भएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का यस अघिका अध्यक्ष केशबहादुर परियार पार्टी प्रदेश सेक्रेटरी भएपछि रिक्त रहेको देजमो प्रदेश नं. ४ को अध्यक्षमा रानाभाट चयन भएका हुन् ।
पोखरामा भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको वैठकले रानाभाटले अध्यक्षमा चयन गरेको हो ।
वैठकमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रिय अध्यक्ष सिपी गजुरेलले सम्बोद्धन गरेका थिए ।