राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका


  • पार्वती पाण्डे  – 


कावासोती । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा भोलि कावासोतीमा अन्तरक्रिया हुने भएको छ ।
राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रम विहान ११ बजे कावासोतीको खानेपानी हलमा हुने भएको क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका सचिव शोभा जिसीले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीय बुद्धिजीवि लगायतको सहभागिता रहने छ । कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सिपी गजुरेलको अध्यक्षतामा हुने छ ।
त्यसैगरी भोलि नै नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला स्तरीय प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कावासोतीमा राखिएको छ ।
प्रशिक्षण कार्यक्रममा गजुरेलले प्रशिक्षण दिने नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापाले बताए ।



सम्बन्धित
Loading...