सिमा रक्षाका लागि अखिल किसान महासंघ क्रान्तिकाराद्वारा कैलालीमा बिरोध सभा

कैलाली ११, पौष । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा बिरोध सभा गरेको छ ।
दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भूमी फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं भन्ने नाराबाजी गर्दै कैलालीको अत्तरियामा भव्य रुपमा बिरोध सभा गरिएको छ ।
भारतले दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमि हस्तक्षेप गरेको बिरोधमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेशले बिरोध सभा गरेको प्रदेश संयोजक टंक कोइरालाले जानकारी दिए ।
सभाको सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तमाङले सबै देशभक्क्त नेपाली, किसन मजदुर न्याय प्रेमी जनसमुदायहरु राष्ट्रिय स्वाधिनताको रक्षाको लागि अव एक हुनुपर्ने बताए ।
पटक पटक भारतीय विस्तावादीले नेपालमाथि सिमा विवाद गर्दै आएको र अहिले नेपालको कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर्नको लागि सबैको साथ र सहयोग आवश्क रहेको बताए । उनले भने – हामीले विगत केही बर्षदेखि कालापानीको बिषयमा बोल्दै आएका छौ, अव सरकारले कुटनितिक रुपमा पहल नगरे हाम्रो पार्टी नेकपा क्रान्तिकारी माआवादी पार्टीले बुहत किसिमको आन्दोलन गर्ने छ ।
विरोध सभा कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तमाङ, अतिथि नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश इन्चार्ज अनुकूल अतिथि अखिल नेपाल किसान महासंघका सचिव धनेश्वर पोखरेल, नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तक अतिथि देजमो प्रदेश संयोजक बिष्णु राम दमाई, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर जोशी लगायतका क्रान्तिकारी माओवादी नेता कार्यक्रर्ता तथा क्रान्तिकारी किसान नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कैलाली जिल्लाका अध्यक्ष हरि राम रानाले गरेका थिए ।