मध्यवर्ती बहुमुखी क्याम्पस गोछडामा माघ ११ देखि धनधाञ्चल हुने

गोछ्डा (नवलपरासी) ।मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा गुणस्तरीय प्रविधियुक्त शिक्षणलाई प्रभावकारी वनाउनका लागि धन धान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ ।
यही माघ ११ गते देखि १९ गतेसम्म मध्यवर्ती बहुमुखी क्याम्पस गोछडा प्राङगढमा धन धान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरिएको हो ।
सरस्वती माध्यमिक विधालयको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान गर्ने लगायतका उद्देश्य राखि धन धान्याञ्चल ज्ञान महायज्ञको तयारी गरिएको धन धान्याञ्चल ज्ञान महायज्ञ मुल समारोह समितीका संयोजक पुष्परत्न महत्तोले वताए ।
धनधान्याञ्चलमा प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीको मुखारविन्दवाट प्रवचन हुने भएको छ । महोत्सवको विभिन्न चरणमा तयारी र छलफल भइरहेको छ । धनधाान्याञ्चलको तयारी अन्तर्गत सर्वपक्षिय छलफल भएको छ ।