लागुऔषध सहित पोखराका दुई जना पक्राउ


  • शोभा जि.सी.



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ प्रगतिनगरबाट लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने ३० बर्षीय पर्वत कुँवर र सोही ठाउँका २० बर्षीय राजन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट फेनारगन ६१ एम्पुल, डाइजोपाम ६१ एम्पुल र नुफिन ६१ एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरुलाई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...