रिहा लगतै पार्टी छाडे विप्लवका जिल्ला सदस्य रेग्मीले




कावासोती । विप्लव नेतृत्वको नेकपाका नवलपुरका जिल्ला सदस्य पुरुषोत्तम रेग्मी हिरासतबाट रिहा भए लगतै पार्टी परित्याग गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै विप्लप नेतृत्वको नेकपामा आस्था राखी आएकोमा आजको मितिदेखि उक्त पार्टी परित्याग गरी कुनै पनि राजनीतिक दलमा आस्था नराखी स्वतन्त्र नागरिक भएर जीवनयापन गर्ने जनाएका छन् ।




विनयी त्रिवेणी ४ निवासी रेग्मीलाई प्रहरीले केही महिना अगाडि पक्राउ गरेको थियो ।



सम्बन्धित
Loading...