निजी विद्यालयलाई कानुनको नाममा अंकुश लगाउन खोजियोः प्याब्सन सहअध्यक्ष

नवलपुर । निजी तथा आवासीय विद्यालय प्याब्सनका केन्द्रिय सहअध्यक्ष डिके ढुंगानाले सरकारले निजी विद्यालयलाई विभिन्न शिक्षा ऐन र नियमावली ल्याएर पाखा लगाउन खोजेको आरोप लगाएका छन् ।
प्याब्सन नवलपुरको तेस्रो साधरण सभालाई शुक्रबार सम्बोद्धन गर्दै उनले निजी विद्यालयले शिक्षामा पु¥याएको योगदाको मूल्याकंन गर्न नसकेको समेत आरोप लगाए ।
उनले भने – हामीलाई सरकारले कानुनको नाममा अंकुश लगाउने काम गर्न खोजिएको छ । अब आउने शिक्षा ऐनमा निजी विद्यालयका मागलाई सम्बोद्धन गर्न नसके हामी चुप लागेर बस्दैनौं ।
प्याबसन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्यावसन केन्द्रिय उपाध्यक्ष भरतबाबु कंडेल, उपमहासचिव आरवि कटवाल, जिल्ला शिक्षा इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेल, प्याब्सनका केन्द्रिय सदस्य दिपक कुवर लगायते बोलेका थिए ।
प्याब्सन नवलपुरका सचिब भिम लाल कंडेलले कार्यक्रममा बार्षिक प्रतिवेदन पेश गरेका थिए ।