आर्थिक सहयोग हस्तान्तरण


  • बिर बहादुर बिसी


तनहुँ । सामाजिक सञ्जालको प्रयोग गरि तनहुँ शुक्लागण्डकी-१० भोटेमकैका चन्द्र बहादुर बि.क.लाई आर्थिक सहयोग गरिएको छ ।सामाजिक सञ्जाल(फेसबूक)मा बिश्वकर्मा रुम रिलोडेड(BRR)एडमिन ग्रुप बनाई जम्मा गरिएको नगद ४८हजार ५ सय चन्द्र बहादुरकै घरमा पुगि हस्तान्तरण गरिएको हो।




शुक्लागण्डकी नगरपालिका-१०का वडाध्यक्ष रामचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष भण्डारीले बिश्वकर्मा रुम रिलोडेड ग्रुपले गरेको सहयोगको प्रसंसा गर्दै चन्द्र बहादुरको आर्थिक अवस्था कम्जोर भएको र पुर्ण अपांग हुनु भएकोले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भयो।
“आफ्नो लागी जो पनि बाच्छ तर अरुको लागि जो बाच्छ त्यो नै महान हो “भन्ने मर्मका साथ बिश्वकर्मा समुदायका सामाजिक कार्य गर्न ईच्छुक बिद्यार्थीहरुबाट शुरु गरिएको अभियान सामाजिक सञ्जाल मार्फत सहयोगि ब्यक्तिबाट बिश्वकर्मा रुम रिलोडेडका प्रदीप गहतराज,एडमिन बिनिता सुनार,दिपक गहतराज,जिता सुनार,अनिल बिश्वकर्मा,चन्दा रसालीको सक्रियतामा रकम संकलन गरिएको थियो ।रकम हस्तान्तरण कार्यक्रममा शुकलागण्डकी-१०का वडाध्यक्ष रामचन्द्र भण्डारी, वडासदस्य केशब बहादुर थापा,चन्द्र बहादुर बिकका परिवारको उपस्थितिमा चन्द्र बहादुरलाई नै हस्तान्तरण गरिएको थियो ।
शुक्लागण्डकी-१०का स्थायी निवासी चन्द्र बहादुरको आर्थिक अवस्था कम्जोर र २०७०साल देखि उनको दुबै खुट्टा नचल्ने गरि पक्षघात भएको छ भने उनी अपांग भएकोले ह्विलचियरको प्रयोग गर्ने र अरुको सहयोग चाहिने अवस्थाका छन ।
यसरी सञ्चारको बिकास सङ्गै यसको सहि सदुपयोग गर्न सकियो भने यसरी सामाजिक सञ्जाल मार्फत पनि अशक्त र असाहय ब्यक्तिलाई सहयोग पुर्‍याउन सकिन्छ ।



सम्बन्धित
Loading...