इन्डो प्यासिफिक स्ट्राटेजी नेपालको हित विपरितः गजुरेल 




नवलपरासी, १२ पुस । नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले अमेरिकी रक्षा नीति इन्डो प्यासिफिक स्ट्राटेजी नेपालको हित विपरित भएको बताएका छन् ।

शनिबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला स्तरीय कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।




गजुरेलले भने – इन्डो प्यासिफिक नेपालको हित अनुकुल छैन । अमेरिकाको नेपालमा शैन्य अखडा खडा गर्ने र नेपाललाई रणभूमि बनाउनका लागि इन्डो प्यासिफिक आएको हो । नेपालका कुनै पनि हालतमा पास गर्नु हुँदैन ।

इन्डो प्यासिफिक नेपालमा लागू भए त्यसले नेपाल एउटा रणभूमिमा परिणत हुने बताए ।

प्रशिक्षणमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ का इन्चार्ज चन्द हरि सुवेदी अलट, प्रदेश सेक्रेटरी केशबहादुर परियार लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम जिल्ला सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी शनिबार भएको जिल्ला कमिटिको वैठकले नेकपा क्रान्तिकारी माओवादीको इलाका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।



सम्बन्धित
Loading...