पौष १५ मा गण्डकी प्रदेशमा सार्वजनिक विदा




पोखरा । गण्डकी प्रदेश सरकारले पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो जानकारी दिएका हुन् । सो दिन प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने छन् ।




२४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् । सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारमा दिइदै आएको बिदा कटौती गरेको भन्दै सो समुदायले बिदा दिन माग गर्दै आएका थिए ।



सम्बन्धित
Loading...