लौखानीको शिद्धेश्वर मन्दिर निर्माणका लागि सहयोग जुटाउँदै




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ लौखानीमा रहेको शिद्धेश्वर महादेवको मन्दिर निर्माणका लागि स्थानीयले सहयोग जुटाउन थालेका छन् ।
मन्दिर जीर्ण भएका कारण मन्दिरको पुननिर्माणका लागि कावासोती १३ का बासिन्दाहरु लागि परेका छन् । अहिलेसम्म दुई लाख ५० हजार बढी रकम सहयोग जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारानाथ लामिछानेले बताए ।
जापान, युएई, कतार, साउदी, युएसए, भारत लगायतका देशमा रहेको युवा हिन्दु धर्मात्माहरुका साथै नेपालमा रहेको सहयोगीहरुले सहयोग गरेको अध्यक्ष लामिछानेले बताए ।
मन्दिर परिसरमा २० लाखको लागतमा खानेपानी, शौचालय, कृयाघर, १०८ शिवलिङ लगायतको निर्माण गरिने तयारी भएको सचिव रुद्र रिजालले बताए ।
आगामी शिवरात्रीसम्म काम सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष लामिछानेले सहयोगका लागि सबैलाई अपिल समेत गरे ।




सम्बन्धित
Loading...