कुमारवर्ती माई थारु गुठीमा डम्बर महतो

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको कुमारवर्ती माइ थारु गुठी संरक्षण संस्थामा डम्बरबहादुर महतोको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएकोले छैंठौ अधिवेशनले उपाध्यक्षमा चन्द्रबहादुर महता, सचिवमा ओमप्रकाश महतो, सहसचिवमा राजु महतो, कोषाध्यक्षमा मिना महतोलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मेनुका गुरौं, छुनुराम महतो, शेरबहादुर महतो, आश महतो र मानबहादुर महतोलाई चयन रहेको छ ।
१२ औं साधारण सभा तथा छैठौं अधिवेशनमा थारु कल्याणकारिणी सभाका जिल्ला सभापति रामप्रसाद महतो, गुठीका संस्थापक अध्यक्ष हेमराज महतो लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम पृथ्वीलाल महतोको अध्यक्षतामा भएको थियो ।