अरुणखोलामा प्रहरीको सार्वजनिक सुनुवाई




अरुणखोला (नवलपरासी) । पूर्वी नवलपरासीको अरुणखोला नवलपुर प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम रहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा लोकल रक्सी व्यवस्थापन, बालविवाह न्यूनीकरण, धर्मको नाममा बढ्दै गएको द्वन्द्व, विभिन्न लालसामा गरिराइने धर्म परिवर्तन रोक, सवारी दुर्घटना न्यूनीकरण, अव्यवस्थित बजार, सवारी चेकजाँचको बाहानामा लिइने जरिवाना र त्यसको व्यवस्थापन लगायतको विषयमा सर्वसाधारण आवाज उठाएका थिए ।
त्यसैगरी कतिपयले बालविवाह, महिला हिंसा, जातीय विभेदका घटनाहरु प्रहरीसमक्ष पुगे पनि दर्ता गर्न नमान्ने जस्तो समस्या रहेको गुनासो गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना, प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, राजनीतिक दलका जिल्ला स्तरीय नेता लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम नेवा गुठीको हलमा भएको थियो ।



सम्बन्धित
Loading...