कावासोतीका मृगौला रोगी भट्टराईलाई साउदी अरबमा कार्यरत नेपालीको सहयोग




मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाइ सहयोग रकम जुटने क्रम जारी छ ।

विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदि अरवमा कार्यरत नेपालिहरुले २३ हजार रुपैया नगद संकलन गरि परिवारलाइ हस्तान्तरण गरेका छन् । साउदी अरवमा कार्यरत कावासोती नगरपालिका वडा नम्वर ६ का नवराज काफ्लेले संकलन गरेको रकम निमकला भट्टराइलाई हस्तान्तरण गरिएको हो ।



सम्बन्धित
Loading...