महायज्ञको प्रचार प्रचारका लागि हसौरामा समिति गठन

पूर्वी नवलपरासीको मध्यविन्द नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा पौष २७ गतेदेखि माघ ६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल विराट ज्ञान महायज्ञको लागि कावासोतीमा वडा स्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
कावासोती नगरपालिकाको वडा नम्बर ०४ हसौरामा समिति गठन गरिएको हो । महायज्ञका प्रचार प्रसार समिति संयोजक जीवन पाठकको अध्यक्षतामा भएको भेलामा वैदिक सनातन धर्मका अभियन्ता धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए ।
भेलाले स्थानीय समाजसेवी रामप्रसाद तिवारीको संयोजकत्व र सीता गैरेको सहसंयोजकत्वमा ११ सदस्यीय वडा स्तरिय प्रचार प्रसार समिति गठन गरिएको हो ।
वडा वडा स्तरिय प्रचार प्रसार समिती मध्यबिन्दु नगरपालिका,बिनयि त्रिबेणि गाउँपालिका, हुप्सेकोट गाउँपालिका र कावासोति नगरपालिकामा गठन गर्ने क्रम जारी छ ।
महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले जानकारी दिए ।