कावासोती १४ को वडा कार्यालयमा आगजनी – फोटो फिचर


नवलपुर । गएराति अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेका छन् ।
आगलागीबाट कार्यालयमा समान्य क्षति भएको छ।
साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।




वडाध्यक्ष जीतबहादुर महतोका अनुसार प्रशासन कक्षको झ्यालबाट मोबिल पोखेर आगो लगाउँदा झ्यालमा रहेको पर्दा सल्किएर डष्टबिनसम्म आगो पुगे पनि अरु भने क्षति हुन पाएको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट अनुसन्धानका लागी प्रहरी टोली पुगेको छ भने नगरपालिका प्रमुख चन्दंकुमारी पुन समेत घटनास्थलमा पुगेकी छिन्।
घटना कसले घटाएको हो भन्ने यकिन हुन सकेको छैन ।




 



सम्बन्धित
Loading...