कपर्दी संरक्षणका लागी खेल महोत्सव हुदै।

कावासोती नगरपालिका वडा न १ को छहारी सङ्गम युवा क्लबले नेपालमा लोपोन्मुख खेल कपर्दि सङ्गै बिबिध खेल आयोजना गरि बिबिध खेल महोत्सव आयोजना गरेको छ।
पुसे १५,ल्होसारलाइ लक्षित गर्दै महिला कपर्दी प्रतियोगिता ,महिला फुटबल प्रतियोगिता ,बयस्क फुटबल प्रतियोगिता,दौड प्रतियोगिता,घैटो फुटाल्ने खेल लगाएतका बिबिध रमाइला खेलहरु आयोजना गरिएको क्लबका अध्यक्ष तबारक अहमद मियाले जानकारी दिए।
क्लबले बिगत चार बर्षदेखी पुसे पन्ध्र खेल महोत्सव आयोजना गर्दै आएको र यो बर्ष पनि त्यसैको निरंतरता गर्न लागेको जानकारी दिदै कावासोती १ र ६ का आमा समुह,टोलसुधार समितीहरुलाइ सहभागीताको लागी पत्रचार गरिएको खेल संयोजक सन्दिप क्षेत्रीले बताए।
महोत्सवमा सहभागी टिमहरु मध्य बिजेता हरुलाइ नगद तथा प्रमाणपत्र प्रदान गरिने भन्दै सकेसम्म धेरै समुहहरुलाइ सहभागिताका लागी आयोजकहरुले अनुरोध गरेका छन।