मुख्यमन्त्रीसँग अपशब्द बोले पछि …
काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् ।
नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो ।