रूरूक्षेत्र गाँउपालिकासहित तीन संस्थामा ताेडफाेड, साढे सात लाख चाेरी


  • हुमाकान्त पाेखरेल,


गुल्मी, १५ पाैष । गुल्मीको रूरूक्षेत्र गाँउपालिका सहित तीन संस्थाहरूमा ताेडफाेड गरि साढे सात लाख चाेरी भएकाे छ । गएराति अज्ञात समुहले गाँउपालिकाकाे ताला ताेडि अध्यक्ष निलकण्ठ गाैतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थकाे कार्यकक्षकाे दराज फुटाएका छन् ।




गाँउपालिका उपाध्यक्षकाे कार्यकक्षमा अनुसन्धानकाे लागि राखेकाे दुई लाख ५० हजारकाे चेक चाेरले लगेकाे गाँउपालिकाका स्वास्थ्य संयाेजक छत्र अधिकारीले जानकारी दिए । तर गाँउपालिकाका कम्युटर, कागजपत्र लगायतका सामग्रीहरू भने सुरक्षित रहेका छन् । त्यसैगरी मैत्री सहकारीमा पनि ताेडफाेड भएकाे छ ।

कार्यालयमा रहेकाे पाँच लाख ९२ हजार चाेरी भएकाे छ । भने आइएमइमा पनि ताेडफाेड भएकाे छ । बाहिर कुनै रकम नभएकाेले रकम भने हराउन नपाएकाे प्रहरीले जनाएकाे छ । अहिले मुजुल्का उठाई घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । स्मरण रहाेस्, केही दिन पहिले मालिका गाँउपालिका ७ घमिरमा पनि कार्यालय ताेडफाेड गरि ३० हजार चाेरी भएकाे थियाे ।



सम्बन्धित
Loading...