सरकारको विकल्प खोज्ने बेला आएको छः रानाभाट




तनहुँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल तनहूँले तनहूँको दुलेगौडामा विरोध सभा गरेको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल सहितका नेताहरुले काठमाडौंमा उपप्रधामन्त्री तथा रक्षा मन्त्रीलाई राष्ट्रिय स्वाधिनता र सीमा रक्षाको सवाललाई लिएर ज्ञापन पत्र बुझाउँन जाँदा सिपी गजुरेल लगायतका नेताहरुलाई गिरफ्तारी र धरपडक गरेको विरोधमा मोर्चाले विरोध सभा गरेको हो ।
कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटले राष्ट्रिय स्वाधिनताको पक्षमा काम गर्न नसकेको र सिमा रक्षा गर्न नसकेको भन्दै सरकारले राजिनामा दिनु पर्नेमा जोड दिए ।
उनले यो सरकारको विकल्प अन्तरिम सरकार भएको पनि जोड दिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्य एवम् तनहूँ इन्चार्ज बाबुराम सुवेदीले पनि बोलेका थिए । कार्यक्रम नारायण लम्सालको सञ्चालनमा भएको थियो ।



सम्बन्धित
Loading...