जाडोमा आगो ताप्न काठ वितरण


  • सहबान अन्सारी –


नवलपरासी लगायत बिभिन्न ठाँउहरुमा अत्याधिक जाडो बढदै गए पछि जनजीवन दिनहु कष्टकर बन्दै गएको छ ।
जाडोबाट बच्नका मानिसहरुलाई बिभिन्न किसीमको उपायहरु अपनाउन निर्देशन समेत दिने गरिन्छ। खास गरि जाडोको महिनामा जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई प्रभाव पर्ने संभावना देखिन्छ।
जाडोबाट बच्नका लागि मानिसहरुले बाक्लो लुगा तथा काठ दाउराको आगो बालेर ताप्ने गरेको पाईएको हुँदा नवलपरासीको प्रतापपुर गाँउपालिकाको बिभिन्न ठाँउहरुमा काठ दाउरा बाडिएको छ ।
मधेश युवा उत्थान विकास मञ्च नवलपरासीद्वारा प्रतापपुर, सेमरी, गोपीगंज, बेलाटारी, सोमनी, खैरटवा, भुजहवा लगायत विभिन्न ठाँउहरुमा गरिब तथा बिपन्न परिवार सहित चोक-चोकमा काठ वितरण गरिएको मधेश युवा उत्थान विकाश मञ्च नवलपरासीकको अध्यक्ष तथा समाजसेवी धिरज त्रिपाठीले जानकारी दिए।
यस किसिमको मानवीय कामप्रति अधिकांश मानिसहरु खुशी तथा सराहनिय काम समेत गरेको बताएका छन।
जाडोबाट बच्नको लागी जिल्ला प्रशासन कार्यलय नवलपरासीले पनि सुचना प्रकाशन गरि सबैमा आग्रह समेत गरेको छ।



सम्बन्धित
Loading...