नेपाल भ्रमण वर्ष २०२० सुरू

नेपाल भ्रमण वर्ष–२०२० आजबाट सुरु भएको छ ।
बहुप्रतिक्षित नेपाल भ्रमण वर्षको काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भव्य समारोहबीच भुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत मन्तव्य गर्ने कार्यक्रम रहेको छ।