चोरमारामा एक पुरुषको शब फेला


  • सालिकराम भट्टराई


चोरमारा । नबलपुरको मध्यबिन्दु नगरपालीकामा बुधबार दिउसो साढे १२ बजेको समयमा एक पुरुषको शब फेला परेको छ ।
पूर्व पश्चिम राजर्माग अन्र्तगत मध्यबिन्दु नगरपालिका ७ चोरमाराको कल्र्भट मुनि शब फेला परेको हो ।
इलाका प्रहरी कार्यालय चोरमाराका प्रहरी नायव निरीक्षक प्रेमबहादुर बिष्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चोरमारा निवासी ७५ बर्षीय तिलक राम महत्तो रहेका छन्।
सार्वजनिक शौचालयमा सरसफाईको कार्य गर्दै आएका महत्तोको कल्र्भटबाट खसेर राती नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । पोष्टर्माटमका लागि अस्पताल लैजाने तयारीमा रहेको समेत बिष्टले बताए।



सम्बन्धित
Loading...