मादक पदार्थ सेवन गरी सवारी चलाउने १६ जना पक्राउ

कावासोती । मादक पदार्थ सेवन गरेर सवारी चलाउने १६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
तमु ल्होसार र नयाँ बर्ष २०२० लाई लक्षित गरी सवारी चेकजाँच गर्ने क्रममा नवलपुरबाट मादकपदार्थ सेवन गरी सवारी चलाउने १६ जना चालकलाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले नवलपुर जिल्लाको विभिन्न ठाउँबाट कार चालक २ जना, मोटरसाइकल चालक १४ जनालाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सार्वजनिक स्थानमा होहल्ला गरी हिड्ने ३ जनालाई पनि नियन्तणमा लिएको प्रहरीले जनाएको छ ।
प्क्राउ परेका सबैलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको नवलपुर प्रहरीले जनाएको छ ।